शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

दैनिक नेपाल २०७६ फागुन ४ गते १६:३०

काठमाडौँ, ४ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रालिबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने बैंकका प्रवक्ता उमंग शर्माले जनाएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित