बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

५० हजार दिएर १८ लाखको तमसुक बनाएपछि …

दैनिक नेपाल २०७६ फागुन ४ गते १५:००

पीडित यादव

रौतहट, ४ फागुन । रौतहट स्थित एक जना साहुुले ५० हजार दिएर १८ लाखको तमसुुक बनाई घरजग्गा समेत लिलाम गरेपछि एक परिवार बिचल्लीमा परेको छ ।

जिल्लाको गरुडा नगरपालिका वडा ५ का साहुु जय किसोर महतोले सोही वडाका जयनारायण यादवलाई मात्र ५० हजार रुपैयाँ दिएर १८ लाखको तमसुक बनाई घरखेत समेत लिलाम गराएका छन् ।

राजपुर नगरपालिका ३ नरकटियाका नायब सुब्बा समेत रहेका महतोले १८ लाखको तमसुकको आधारमा जिल्ला अदालत गौर बाट यादवको ६ धुर जग्गामा रहेको घर र २३ कठा खेत लिलाम गरेर पटक–टक घर खाली गर्न दवाव समेत दिरहेका छन् ।

आर्थिक विपन्नताको कारण यादव परिवार अदालतमा प्रतिउत्तर समेत गराउन सकेनन् । अहिले यादव परिवार सुकुम्बासी बनेका छन् ।

भत्किने संघारमा रहेको खपडाको छाना भएको घर महतोले मेरा घर हो भन्दै मर्मत समेत गर्न नदिएकाले जयनारायण यादव अहिले खेतमा सोनो टहरा बनाएर बस्न बाध्य भएका छन् ।

साहुु महतोले पटक–पटक घर खालीगर्न गाली गलौज समेत गर्न थालेपछि यादवको परिवार अहिले बिचल्लीमा परेका छन् ।

आफूले मात्र ५० हजार रुपैयाँ लिएको र गाउँलेको रोहवरमा उक्त साँवा रकमको ब्याजसहित ७५ हजार रुपैयाँ अर्का साहुुसँग कर्जा लिएर महमदपुरका पुर्व गाविस अध्यक्ष रामप्रसाद यादवको जिम्मा लगाएको छुु उनले बताए ।

तर आरोपी जयकिसोर महतोले साँवा ब्याजको रकम नलिएर मलाई झुुक्याएर भर्पाई भन्दै १८ लाख रुपैयाँको तमसुक बनाएर पीडित यादवले बताए ।

पटक पटक गाउँमा पञ्चायती गर्दा गाउँका सबै भद्रभलादमीले पैसा लिएर जग्गा फिर्ता गर्न भन्दा महतोले कसैको वास्ता नगरेको पिडित यादवले दुुखेसो पोखेका छन् ।

प्रहरीमा निवेदन दिँदा लेनदेनको मुद्धा हो हेर्न मिल्दैन भनेर फकाउँछन्, पञ्चको कुरो मान्दैन अब कहाँ जाने गहभरी आँसुु लिएर ७० वर्षीय वृद्ध यादवले दुुखेसो पोखेका छन् ।

साविक महमदपुर गाविसका पुर्व अध्यक्ष रामप्रसाद यादवले पिडित यादव पञ्चायतीको निर्णयअनुसार साँवा ब्याज समेत फिर्ता गर्न ७५ हजार रुपैयाँ आफुलाई ल्याएर दिएको स्विकार गर्दै रकम लैजान पटक–पटक पीडक महतोलाई भन्दा नमानेर आलटाल गर्दैआएको बताएका छन ।

मात्र ५० हजारमा कसरी बन्यो १८ लाखको तमसुुक पीडित जयनारायण यादवका जेठा छोरा जँडयाहा नन्दकिसोर यादवले बाबुु बाहिर गएको मौकाछोपी सपरिवार बसीरहेको घरेडी साविक महमदपुर ३ कि.न. ३९८ को ६ धुर जग्गा बेच्नुु छ भनेर साहुु जयकिसोर महतोसँग २०७२ अषाढमा ५० हजार रुपैयाँ ब्याना अर्थात कुरो छिनेर एडभान्स स्वरुप लिएका थिए ।

बाहिर बाट घर फर्केलगतै सपरिवार बस्ने घर घरेडी कसरी बेच्ने भन्दै ब्यानामा दिएको ५० हजार रुपैयाँ फिर्ता गर्न जयनारायणले गाउँमा पञ्चायती राखे । पञ्चायतीमा स्थानिय भद्रभलादमीले ब्याना लिएर गल्ती गरेको ठहर गर्दै यादवले साहुु महतोलाई ७५ हजार रुपैयाँ दिनुुपर्ने निर्णय गरे ।

निर्णय अनुसार अन्य साहुु महाजन बाट कर्जा लिएर यादवले ७५ हजार रुपैया पुर्व गाविस अध्यक्ष रामप्रसाद यादवको जिम्मा लगाएका थिए । तर उक्त रकम नलिएर केहीसमय पछी महतोले यादवको टायर गाडा गोरुसहित नियन्त्रणमा लिएर आफनो घरमा लिएर गएका थिए ।

उक्त टायरगाडा गोरुमाग्न गएका यादवलाई टायरगाडा गोरु फिर्ता गर्न भर्पाई बनाउनुु पर्छ भनी थर्काउँदै निरक्षर यादव संग साहुु जयकिसोर महतोले १८ लाखको कपाली तमुसुुकमा हस्ताक्षर गर्न लगाए ।

सोही तमसुकको आधारमा महतोले जिल्ला अदालतमा मुद्धा हालेपछी अदालतबाट यादवसहित सपरिवार बस्दैआएको कच्ची खपडाको घर र २३ कठा खेत लिलाम गराएका थिए ।

अदालतबाट मुद्धाको समन आउँदा आफुूसँग तमसुक गराएको भनी चाल पाएको पीडित जयनारायण यादवले दुुखेको पोखेका छन् ।

सोपछि पटक–पटक गाउमा पञ्चायती राख्दा महतोले कसैको कुरो नमान्ने प्रहरीले लेनदेनको मुद्धा हेर्न मिल्दैन भनेर फर्काउने गरेकाले आफू समस्यामा परेको पीडितले बताएका छन ।

उता पीडक भनिएका नायव सुब्बा जयकिसोर महतो आफुले मात्र ५० हजार रुपैयाँ दिएर १८ लाखको कपाली गराएको र सोही कपाली तमसुकको आधारमा जयनारायण यादवको घर खेत लिलामी गराएको स्वीकार गरेका छन । यादवको ६ धुर घरेडी खरीद गर्न आफनो ५ कठा खेत बेचेर पैसा जम्मा गरेको थिए ।

जग्गा पासगर्न भनेर सोहीसमय १८ लाखको तमसुक बनाएर एकजना गाउँका पञ्चको जिम्मा राखेको थियो । पछि अन्य मानिसको दवावमा परेर सो जग्गा पास नगरेको कारण गाउका एकपक्षको सलाह अनुसार सोही तमसुकको आधारमा मुद्धा गरेको बताए ।

महतोले आफुलाई पनि मार्का नहुनेगरी सहमती भएमा यादवको जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित