
काठमाडौं, ४ फागुन । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबास नजिकै रकेट आक्रमण भएको छ।
आइतबार बिहानै केही रकेट प्रहार भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले खबर दिएको छ।
कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के कति क्षति भयो भन्नेबारे भने हालसम्म कुनै जानकारी प्राप्त छैन।
बग्दादस्थित आफ्ना रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको भन्ने जानकारी दिएको एएफपीले जनाएको छ।
आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।















प्रतिक्रिया