शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चित्रमार्फत क्यानभासमा राष्ट्रप्रेम

दैनिक नेपाल २०७६ फागुन ३ गते १९:०७


ललितपुर, ३ फागुन । ललितपुरको आदर्श विद्या सदनका विद्यार्थीहरुले चित्रमार्फत क्यानभासमा राष्ट्रप्रेम दर्शाएका छन् । विद्यालयको आठौँ अभिभावक दिवसको अवसरमा शनिबार एक समारोहका बीच ५ जना विद्यार्थीले क्यानभासमा १५ मिनेटमा आफ्नो कला सिर्जना गरेका हुन् ।

चित्रकार अजय देशारले प्रशिक्षणमा देशमा दीगो शान्तिको कामना तथा नेपाल पर्यटन वर्षको सन्देश दिदैँ उक्त चित्र कोरिएको हो ।

बाल चित्रकार सुजन श्रेष्ठ, रिसिम राई, अङ्मु शेर्पा, एञ्जिला शाक्य र निशा राईले संयुक्त रुपमा क्यानभासमा एक्रिलिक रंगले कला सिर्जना गरेका थिए । उक्त अवसरमा विद्यार्थीले बनाएका चित्रमा वरिष्ठ कलाकार हरिहर शर्माले हिस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ कलाकार शर्माले बालबालिकाको हरेक क्रियाकलापले अभिभावकलाई मोहित बनाइरहेकोले उनीहरुको क्षमतालाई बुझ्नुपर्ने विचार राखे । नृत्य, गायन र संगीतसँगै विद्यालयले अभिनयसमेत समेट्न सकिने सुझाव दिए ।

विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले विद्यार्थीको खुबीलाई प्रस्फुटन गर्न तथा विद्यार्थीलाई पारिवारिक माहोलको खाँचोलाई मध्यनजर गरी सोही अनुसारको व्यवस्था गरिएको बताए ।

ललितपुरको ज्यापू प्रज्ञा भवनमा आयोजित कार्यक्रममा विभिन्न संस्थागत विद्यालयका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित