१ कार्तिक २०८३, आइतबार

दुई वर्षमा सरकारका कामले समिृद्धको जग बसालेको छ : मुख्यमन्त्री पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ३ फागुन । प्रदेश नं ५ सरकारले प्रदेश स्थापना दिवस मनाएको छ । २ वर्ष पूरा गरि तेस्रो वर्ष प्रवेश गरेको प्रदेश सरकारले बुटवलमा एक कार्यक्रमको आयोजना गरि प्रदेश स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले दुई वर्षको अवधिमा सरकारले गरेका कामले समिृद्धको जग बसालेको बताए ।

उनले प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाइसकेको र त्यहि अनुरुप बजेट निर्माण गरी काम भइरहेको बताए । उनले वैशाखमा लगानी सम्मेलनको आयोजना गरी औद्योगिक क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताए ।

पछिल्लो समय रुपन्देही, परासी, नेपालगञ्ज कोहलपुर करिडोर, दाङ, कपिलवस्तु क्षेत्रमा औद्योगिक विकास रहेको भन्दै औद्योगिक क्षेत्रलाई पहाडका जिल्ला संग जोड्ने रणनिती बनाएको बताए ।

तीन वटा औद्योगिक क्षेत्रको विकासका लागि केन्द्रीय सरकार संग साझेदारी गर्ने र प्रदेश सरकार माताहात आएपछि प्रदेशमा औद्योगिक विकासले फड्को मार्ने बताए ।

त्यस्तै समृद्धिको जग पर्यटन भएको बताउँदै मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षका घोषणा गरेको र लुम्बिनीसँगै सम्पुर्ण क्षेत्रमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रदेश सरकारले जोड दिएको बताए । प्रदेश सरकार शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरु गरेको समेत उनले बताए ।

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालाई विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना प्रदेश सरकारले अगाडि बढाएको समेत बताए । उनले संघ, प्रदेश र स्थानिय तह संगको सहकार्य गरेर अगाडि बढेको समेत बताए ।

विकासका दृष्टिकोणले प्रदेश सरकारले विकास खर्चको दरमा वृद्धि भएको बताउँदै विकाश गर्ने सामर्थ प्रदेश सरकारसँग रहेको बताए । गत वर्ष चार महिनामा ८ प्रतिशत मात्र बजेट खर्च गरेकोमा यस वर्ष १८ प्रतिशत बजेट खर्च गरिएको भन्दै यसलाई उपलब्ध मान्नुपर्ने बताए ।

शुन्य संरचनामा सुरु गर्दाको अवस्थामा र समृद्धिको जग बसाल्ने क्रममा भएको बजेट खर्च हेर्दा प्रदेश सरकारले विकास गर्ने सामर्थ राख्न सक्ने आधारहरु देखिएको उनले बताए ।

स्थापना दिवसको अवसरमा बुटवलको राजमार्ग चौराह देखि बुटवल बहुमुखी क्याम्पस र्यालीको आयोजना गरिएको थियो । र्यालीमा मयुर नाच, झर्रा नाच, विभिन्न सांस्कृतिक एवं जातिय झाकिहरु प्रस्तुत गरपएको थियो । स्थापना दिवसकै अवसरमा बुटवल उपमहानगरपालिका को ६१ औँ स्थापना दिवस समेत मनाईएको छ ।

सोही अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका नगरप्रमुख शिबराज सुवेदिले स्थानीय तह गठन पछि जनताका आधारभुत आवश्यकतालाई लक्षित गरेर उपमहानगरपालिका ले काम गरेको बताए ।

यसैबीच प्रदेश स्थापना दिवसको अवसरमा ३५ जनालाई विभिन्न पदक बाट सम्मान गरेको छ ।