
रौतहट, ३ फागुन । भारतको बिहार सरकारले मदिरा बिक्रीमा रोक लगाएपछि रौतहटको सीमाक्षेत्रमा घरेलु मदिराको कारोबार बढदै जान थालेको छ ।
जिल्लाको उत्तरी भेगबाट विभिन्न सवारी सधनमा सीमाक्षेत्रमा मदिरा पुग्न थालेको हो । सीमाक्षेत्रमा घरेलु मदिराको बिक्री र सेवनकर्ता बढेको गौरका स्थानीयले बताएका छन् ।
भारतीय सीमाक्षेत्रको गौर, बन्जाराहा, बकुंल, औरैया लगायतका बजारमा घरेलु मदिराको बिक्री र सेवनकर्ता बढेका छन् । यस क्षेत्रमा साँझ पख भारतीय मदिरा सेवनकर्ताको लाइन लाग्ने गरेको पाईन्छ ।
बिहार सरकारले मदिरा बिक्री वितरणमा रोक लगाएपछि उनिहरू सीमाका बजार आउने गरेका हुन् । यसले सीमामा मदिराको बिक्री बढेको प्रत्यक्षदर्शीहरुले बताउँछन् ।
प्रहरीले अवैध मदिरा बिक्रीमा रोक लगाउँदै आए पनि लुकाएर बेच्न छाडेका छैनन् । भारतीयहरू ग्रुप बनाएर मदिरा सेवन गर्न आउँछन् । बिहारबाट मदिरा सेवन गर्न आएका व्यक्तिहरु रात परेपछि मात्र भारत जान्छन् ।
गौरका एक जना मदिरा व्यापारीले बताए अनुसार दिनहुँ ठूलो संख्यामा भारतीयहरू खाजा खाने, घुम्ने बहानामा मदिरा सेवन गर्न आउँछन् । व्यापारीले भने उनीहरूले नै व्यवसाय धानी दिएका छन् । नेपाली रक्सी चाँडै लाग्ने हुनाले यो महंगोमा बिक्री हुने गरेको व्यापारीले बताए ।
भारतीयसमेत घरेलु मदिरा सेवन गर्न मन पराउने गरेको व्यापारीले बताएका छ्न । सीमामा नेपाली घरेलु र अन्य मदिराको बिक्री बढ्दो छ । पछिल्लो समय जिल्ला प्रहरीले घरेलु मदिराको उत्पादनमा कडाइ गरेको छ । यस्ता मदिराको भट्टि नष्टको अभियान नै चलाएको थियो ।
पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रबाट सीमामा अबैध मदिरा तस्करी हुन थालेको छ । ई–रिक्सा, अटो टेम्पो, मोटरसाइकल, बसलगायतका सवारीमा राखेर सीमामा लैजान लागेर बिक्री वितरण गर्ने गरेको छ ।















प्रतिक्रिया