१ कार्तिक २०८३, आइतबार

खेल विकासमा प्रशस्त लगानी भएको छ : गृहमन्त्री थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

हेटाैँडा, ३ फागुन । गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको जानकारी दिनुभएको छ ।

मकवानपुरको वाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो ।

“हालै सम्पन्न दक्षिण एशियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यसक्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ ।”

गृहमन्त्री थापाले भन्नुभयो उहाँले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्वपूर्ण रहेकोे र खेलकूदलाई व्यावसायिक बनाउनसकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरु गर्न सकिने उल्लेख गर्नुभयो ।

मन्त्री थापाले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको वाग्मतीमा आएको र आज १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताउनुभयो । गृह मन्त्रालयले वाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । –रासस