१ कार्तिक २०८३, आइतबार

नेकपा नेता ज्ञवालीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दियाका सचिव हरि ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले ज्ञवालीको निधनले नेकपाले इमान्दार कार्यकर्ता र समाजले असल सामाजिक अभियन्ता गुमाएको बताएका छन् । कम्युनिष्ट राजनीतिमा सक्रिय भई सामाजिक परिवर्तनको आन्दोलनमा उनले निर्वाह गर्नुभएको सकारात्मक भूमिका सधैँका लागि स्मरणीय रहेको प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

कम्युनिष्ट कार्यकर्ताका रूपमा समाजमा लोकप्रिय उनले पूर्व नेकपा (एमाले)का बर्दियाका अध्यक्षको रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रधानमन्त्री ओलीले दुःखद घडीमा शोकमा रहेका परिवार र आफन्तजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामनासमेत गरेका छन् । ज्ञवालीको आज उपचारका क्रममा निधन भएको हो ।