
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक साइट ह्याक भएको छ । ह्याक भएको साइट अहिलेसम्म रिकभर गरिएको छैन ।
केपीशर्माओलीडटकममा कोरियन पोर्नसाइटका भिडियो अपलोड भएका छन् । उच्च अधिकारीहरूले उक्त साइटलाई रिकभरका लागि प्रयत्न जारी राखेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उक्त साइटमा बोबो एपको प्रचार छन् । ‘हामी यो साइटलाई रिकभरका लागि सक्रियताका साथ लागेका छौं, कसरी ह्याक भयो यस विषयमा पनि खोजीनीति भइरहेको छ’, बालुवाटार स्रोतले भन्यो ।















प्रतिक्रिया