शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

दैनिक नेपाल २०७६ फागुन ३ गते १०:२९

काठमाडाैं, ३ फागुन ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ का वडाध्यक्षसहित ६ जनाविरुद्व विशेष अदालतमा मुद्वा दायर गरेको छ ।

वडाध्यक्ष कैलाश थापासहित अन्य ६ जनाले मिलेमतोमा गाउँपालिकाको योजनामा नक्कली कागजात बनाई ६ लाख रकम हिनामिना गरेको आरोप उनिहरुमाथि लागेको छ ।

मायाखोला मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई पेट्कु खानेपानी आयोजनालाई छुट्याएको रकम खर्च नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आयोगको आरोपत्रमा उल्लेख छ ।

उनीविरुद्ध आयोगले ६ लाख बिगो कायम गरेको छ । आयोगले लिसंखुपाखर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्रबहादुर तितजूविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्राविधिक कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ता समितिकै अनुगमन समितिको कार्य सम्पन्न निर्णयको माइन्युटको प्रतिलिपि र वडा समिति-वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोरहाजिरी, बिल, भरपाईको आधारमा भुक्तानी दिने कार्यमा उनीहरूको संलग्नता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित