बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सामाजिक सन्जालमा शर्लिनकाे चर्चा

दैनिक नेपाल २०७६ फागुन ३ गते १०:१३

मुम्बइ । बोल्ड फोटोसुटका कारण सधैं चर्चामा रहने बलिउड नायिका शर्लिन चोपडा अझै पनि सामाजिक सञ्जालमा उत्तिकै चर्चित छिन् ।

३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’बाट बलिउड प्रवेश गरेकी हुन् ।

उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् । तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो ।

फिल्म क्षेत्रमा करियर बनाउने क्रममा चोपडाले दिएका विवादास्पद अभिव्यक्ति र फोटोसुटका कारण उनी चर्चामा छाइरहन्छिन् ।

सन् २०१२ मा उनले ‘प्लेब्वाई’ म्यागाजिनको लागि ‘न्युड फोटोसुट’ गराएकी थिइन् । फोटोसुटले उनको निजी जिन्दगीमा समेत उथलपुथल ल्याएको थियो ।

चोपडाले ‘सेक्स लाइफ’ को बारेमा दिएको भनाइ पनि उत्तिकै चर्चित बनेको थियो । उनले एक कुराकानीमा रकमको लागि मोडलिङको समयमा धेरैजनासँग बेड सेयर गरेको बताएकी थिइन् ।

फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित