बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चीनबाट ल्याइने नेपालीलाई आफन्तले तत्काल भेट्न नपाउने

दैनिक नेपाल २०७६ फागुन ३ गते ९:०७

काठमाडाैं, ३ फागुन ।  चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । दुई साता क्वारेन्टाइनमा बसेपछि मात्र आफन्तंसंग भेट गर्न दिइने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो । सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

चीनमा रहेका नेपालीलाई उद्वार गर्न नेपाल वायुसेवा निगममो वाइडबडी विमान आज चीन जाँदै छ । आइतबार नेपालीलाई नेपाल ल्याइने छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधानअनुरूप क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएका नेपाली विमानस्थलमा आउनेबित्तिकै स्वास्थ्य परीक्षण गरिनेछ । त्यसका लागि विमानस्थलमा ५ वटा हेल्थ डेस्क स्थापना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित