मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

जबरजस्ती गर्भपतन गराएको आरोपपछि गाउँपालिका अध्यक्ष फरार

दैनिक नेपाल २०७६ फागुन ३ गते ८:५६

पाँचथर, ३ फागुन ।  भ्रूण हत्या गरेको आरोप लागेपछि पाँचथरको कुम्याक गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । गाउँपालिका अध्यक्ष चेम्जोङले एक युवतीसंग विवाह गरी जबर्जस्ती गर्भपतन गराएको आरोप अध्यक्ष चेम्जोङमाथि लागेको छ ।

१९ वर्षीया युवतीले अध्यक्षसहित सात जनाविरुद्व प्रहरीमा किटानी जाहेरी दिएपछि अध्यक्ष फरार भएका हुन् । प्रहरीले गर्भपतनमा संलग्न फिदिमको समर्पित अस्पतालका तीन स्वास्थ्यकर्मीलाई भने पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार किशोरीको गर्भमा रहेको भ्रूण गत पुस २४ राति फालिएको थियो । किशोरीले किटानी जाहेरी भने झन्डै एक महिनापछि माघ २२ मा दिएकी थिइन् ।

प्रहरीले फरार अध्यक्षसहित अन्यको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित