९ मंसिर २०८३, बुधबार

काठमाडाैंमा दुर्घटना हुँदा एकजनाकाे मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३ फागुन । काठमाडाैंको स्वयम्भू, भगवानपाउमा शुक्रबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

बा ३ ख ५१३४ नम्बरको ट्याङकर, प्रदेश ३ ०२००४ प ११५१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा काठमाडाैंको चन्द्रागिरी नगरपालिका-३ का साइरस गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका काभ्रेको भुम्लु गाउँपालिकाका प्रज्वल ठकुरीको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । ट्याङकर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।