शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकद्वारा पोखरामा सीसीटिभी जडानका लागि आर्थिक सहयोग

दैनिक नेपाल २०७६ फागुन २ गते १९:०७

काठमाडौँ, २ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सीसीटिभी जडान गर्न उपभोक्ता समितिलाई ७५ रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको बैंकका प्रवक्ता उमंग शर्माले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो ।

बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीका चोक देखि राष्ट्रबैंक चोक सम्म समितिले सि.सि.टि.भी. जडान गर्ने योजना अगाडी सारेको छ ।

यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सि.सि.टि.भी. जडानपछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।

शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित