शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अपाङगता समावेशी विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग

दैनिक नेपाल २०७६ फागुन २ गते १८:३७

काठमाडौँ, २ फागुन । अपाङगता समावेशी विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग सहित बिहीवार अपाङगता अधिकार र विकासका लागि क्रियाशील संस्था एड्राडले सरोकारवालाबीच वृहत छलफलको आयोजना गरेको छ ।

आगामी जुन २९ देखि जुलाई २ तारिक सम्म अष्ट्रेलियाको बृसबेनमा हुने मन्त्रीस्तरीय एसिया प्राशान्त क्षेत्रिय विपद जोखिम न्यूनिकरण सम्बन्धी समेलनमा नेपालदारा प्रस्तुत गरिने प्रतिवेदनमा अपाङ्गता भएका व्यक्तिहरुको प्रकोप जोखिममा रहेको अवस्थालाई चित्रित एवं उदृत गर्नुपर्ने एसियाका लागि संयुक्त राष्ट्र संघको बिपद जोखिम न्यूनिकरण सरोकारवाला सम्पर्क व्यक्ति डा बीरेन्द्रराज पोखरेलले बताए ।

सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका अपाङगता भएका व्यक्तिहरुको संकाटासन्नटाको अवस्थाबारे मूल्याकंन गरि प्रकोप न्यूनिकरण सम्बन्धी सेनडाई कार्यविधिले निर्धारण गरेको प्राथमिकतामा यस क्षेत्रका अपाङगता भएका व्यक्तिहरुको सवाललाई आगामी दिनमा प्राथमिकता दिनेगरि कार्ययोजना बनाउनुपर्ने कुराको माग गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले प्राकृतिक रुपमा आइपर्ने प्रकोपबाट अपाङ्गता भएका नागरिक बढि प्रभावित हुने गरेको बताए ।

शर्माले अपाङगता भएका नागरिकलाई विपदवाट रक्षा गर्ने सवालमा नीति निर्माणको तहमा हस्तक्षेप गर्ने दायित्व महासंघ तथा अन्य सरोकारवाला संस्थाको भएको बताउँदै त्यसका लागि महासंघ गम्भीर रहेको धारणा समेत राखे ।

उक्त कार्यक्रममा नेपाल रेडक्रसका कार्यक्रम संयोजक नन्दराज थपलियाले नेपाल रेडक्रसको सातैवटा प्राथमिकताले अपाङगता भएका व्यक्तिहरुलाई समेटनेगरि आवद्यिक कार्ययोजना निर्माण भइरहेको बताए ।

रोल्पा तथा सल्यानमा संचालन हुने क्षमता अभिवृद्वि सम्बन्धि कार्यक्रममा अपाङगता भएका व्यक्तिको सवाललाई मूलप्रवाहीकरण गरिने कुरा थपलियाले बताए ।

त्यसैगरि डिपीनेट नेपालका अपाङगता प्राविधिक सल्लाहाकार पल्लभ पन्तले अपाङगता समावेशी प्रकोप न्यूनिकरणको प्राथमिकता हालसम्म निर्धारण नभएकोले सोको लागि बृहत अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए ।

बृसबेनमा हुने सम्मेलनमा अपाङगता सम्बन्धी सरकोकारवाला समूहको तर्फवाट प्रतिवेदनको तयारीका लागि नेपालमा परामर्श समूहको निमाण गर्ने निर्णय समेत गरिएको छ ।

जसको नृेतृत्व राष्ट्रिय अपाङग महासंघ नेपालका अध्यक्षले गर्नेछन् भने त्यसको संयोजन डा बीरेन्द्रराज पोखरेलले गर्नेछन् ।

अपाङगता भएका व्यक्तिहरुको राष्ट्रिय संस्थाहरु र प्रकोप व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका संस्थाहरुको समेतको प्रतिनिधत्व रहेको उक्त समितिले अन्तर्राष्ट्रिय संजालसँग सहकार्य गरि प्रतिवेदन तयार गर्ने छ जसलाई बृसबेन सम्मेलनमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित