बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

तुलसीपुर मुलुककै पहिलो उपमहानगर

दैनिक नेपाल २०७६ फागुन २ गते १८:१५

काठमाडाैँ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका मुलुकभरकै उत्कृष्ट आयोजना सम्पन्न गर्ने स्थानीय निकायका रुपमा सम्मानित भएको छ ।

नगर विकास कोषको ३२ औ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी सूचना, सन्चार तथा प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बास्कोटाले नगर प्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेका हुन् ।

नगर विकास कोषको ऋण सहयोगमा मुलुकभर निर्माण भएका विभिन्न १ हजार बढी आयोजनामा तुलसीपुर आधुनिक बसपार्क उत्कृष्ट आयोजना भएको भन्दै सम्मान गरिएको हो ।

आयोजनाको अवस्था,काम सम्पन्नको अवधि, आयोजनाको प्रतिफल लगाएतका विविध विषयमा आधारित रहेर आयोजनाको मुल्यांकन गरिएको कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले बताए ।

उनले तुलसीपुर उपमहानगरसंग मिलेर तत्काल अन्य योजना पनि अगाडि बढाउन लागेको जानकारी दिए । ’यो वर्षपनि केही नयाँ योजना सन्चालन हुँदैछन्’ निर्देशक मिश्रले बताए ।

उपमहानगरपालिकासँग मिलेर नगर विकाष कोषले करिव १० करोड लागतमा बसपार्क निर्माण भएको हो । बसपार्कको पहिलो चरणको काम सम्पन्न भए पनि अर्को चरणको काम पनि तत्काल अगाडि बढ्ने नगर प्रमुख घनश्याम पान्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बास्कोटाले तुलसीपुरको नमुना कामले अरुलाइ पनि उत्प्रेरित गरेको बताए । उनले कोषलाई थप प्रभावकारी बनाउनका लागि विकास निगम गठनको काम अगाडि बढेको बताए

प्रतिक्रिया
सम्बन्धित