बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रधानमन्त्रीको प्रतिनिधिसभामा सम्बोधन स्थगित !

दैनिक नेपाल २०७६ फागुन २ गते १३:३९

काठमाडौँ, २ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ ।

संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेको भन्दै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित