शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन रोक्न कांग्रेसको माग

दैनिक नेपाल २०७६ फागुन २ गते १३:३६

काठमाडौँ, २ फागुन ।  आफ्ना सांसद तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने सम्बोधन रोक्न माग गरेको छ ।

शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित