शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सप्तरीमा हुन लागेको मुस्लिम धार्मिक सभा रोक्न निर्देशन

दैनिक नेपाल २०७६ फागुन २ गते १२:४९

काठमाडौं, २ फागुन । मुस्लिम समुदायले सप्तरीमा तयारी गरेको धार्मिक सभा रोक्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले माथाहतको प्रहरी तथा आयोजकलाई पत्राचार गरी सर्तबाहेकको सहभागीता हुन लागेको भन्दै रोक्नका लागि निर्देशन दिएको हो ।

उच्च स्रोतका अनुसार सप्तरीमा हुन लागेको मुस्लिम धार्मिक सभामा भारतीय संस्थापनले चासो देखाएको थियो । नेपाल र भारतका मुस्लिम समुदायको सहभागीता रहने भनिए पनि विश्वका अन्य मुलुकका मुस्लिम समुदाय पनि सहभागी हुने सरकारले सूचना पाएको छ ।

खासगरी पाकिस्तानलगायतका मुलुकका मुस्लिम समुदायको सहभागीता हुने भएपछि भारतीय संस्थापनले उक्त सभाबारे सरकारसँग चासो राखेको थियो ।

शनिबारदेखि सोमबारसम्म उक्त सभाको तयारी भएको थियो । सप्तरीको बोदे बर्साइन नगरपालिकामा धार्मिक सभाका लागि सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।

सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल समेत बनाइ सकिएको थियो ।

मन्त्रालयको निर्देशन पाए पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सप्तरीसँग जोडिएका भारतीय सीमा नाका समेत प्रहरीले बन्द गराइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित