बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

दैनिक नेपाल २०७६ फागुन २ गते १२:०६

काठमाडौँ, २ फागुन । कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ ।

आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्‍नै निवासमा निधन भएको हो ।

५० वर्षीय उपाध्यायको श्रीमती ३ छोरा र २ छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित