शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

टुटल, पठाओ बन्द नगर्न उच्च अदालतको आदेश

दैनिक नेपाल २०७६ फागुन २ गते ११:२३

काठमाडौँ, २ फागुन ।  टुटल, पठाओ बन्द नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

अखिल नेपाल मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले गएको मङ्सिर २२ गते दायर गरेको रिटमा न्यायाधीशहरु श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको इजलासले सेवा बन्द नगर्न तर कानुन बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि टुटल र पठाओलाई अहिले सेवा दिइरहेका बेलामा कारबाही गर्ने र रोक्ने कुरा नगर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित