बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

जग्गा प्रकरणमा गच्छदारसहित १७२ जनाविरुद्ध मुद्दा चलाउन गृह मन्त्रालयको जाहेरी

दैनिक नेपाल २०७६ फागुन २ गते ११:०९

काठमाडौँ, २ फागुन ।  बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्व ठगी तथा किर्ते मुद्वा चलाउन गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरा सीआईबीमा जाहेरी दिएको छ ।

गृह मन्त्रालयले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा आरोपितमाथि सरकारी जग्गा किर्ते कागजात बनाएर ठगी गरेको कसुरमा मुद्दा चलाउन मंगलबार सीआईबीमा जाहेरी दिएको हो ।

गृहको जाहेरीसँगै सीआईबीको छानबिनमा कसुरदार देखाइएका पूर्वमन्त्री, पूर्वसचिव, अन्य कर्मचारी, भूमाफियालगायतलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ ।

जाहेरीअनुसार आरोपितहरू दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित