शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कारोना भाइरसका कारण जापानमा एक व्यक्तिको मृत्यु

दैनिक नेपाल २०७६ फागुन २ गते १०:४८

काठमाडौँ, २ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण जापानमा पनि एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको जापानका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

गएको जनावरीमा ती महिला बिरामी परेकी थिइन् तर पछिमात्र उनमा निमोनियाको लक्षण देखिएपछि एक अस्पतालमा भर्ना गरिएको थियो, उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिएको थियो ।

दुई जना ट्याक्सी ड्राइभरमा पनि कोरोनाको सङ्क्रमण देखिएको बताइएको छ, सङ्क्रमितमध्ये एक जना राजधानी टोक्योका हुन् । यी दुई जनाबाट थप अन्य व्यक्तिमा पनि सङ्क्रमण हुन सक्ने आशङ्का बढेको छ ।

केही हप्ताअघि जापानको बन्दरगाह योकोहामामा जहाजमा यात्रा गरिरहेका ४४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

 यसैबीच कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ८३ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ६० हजारभन्दा बढी छ । चीनबाहिर २४ देशमा चार सय ४७ जनामा सङ्क्रमण देखिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित