शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई गोली हाने

दैनिक नेपाल २०७६ फागुन २ गते १०:०४

काठमाडौं, २ फागुन । प्रेम पस्ताव अस्वीकार भएपछि एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई गोली प्रहार गरेका हुन् ।

रायले सहकर्मी महिला प्रहरी लाई प्रेम प्रस्वाव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि रायले आफ्नै पेटमा गोली हानेका हुन् । उनको सिन्धुलीमा उपचार हुन नसकेपछि काठमाडौँ ल्याइएको छ ।

घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित