बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिन्धुली प्रहरीका जवानले आफैंलाई हाने गोली

दैनिक नेपाल २०७६ फागुन २ गते ९:५७

मन्थली, २ फागुन । सिन्धुली जिल्लामा कार्यरत एकजना प्रहरीले आफैंलाई गोली हानी आत्महत्या प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफूले आफैलाई गोली हानी आत्महत्या प्रयास गरेका छन् ।

सर्लाही स्थायी घर भएका प्रहरी जवान रायले शुक्रबार बिहान करीब ८ बजे डिउटीमै खटिएका बेला आफैंलाई गोली हानेकाे प्रहरीले जनाएकाे छ ।

पेटमा गोली लागेर अचेत बनेका उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । आफैंलाई गोली हानी आत्महत्या प्रयास गरेकाेबारे घाइते रायको होस खुलेपछि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित