शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चरौँदीमा भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दैनिक नेपाल २०७६ फागुन २ गते ८:०७

धादिङ, २ फागुन । धादिङको चरौँदीमा स्कुटर दुर्घटनामा हुँदा १ जनाको मृत्यु हुनाका साथै १ जना घाइते भएको छ ।

बिहीबार राति पृथ्वी राजमार्ग अन्र्तगत् धादिङ बृनिघाट रोराङ गाँउपालिकास्थित चरौँदीमा काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रकले बिपरित दिशाबाट आएको प्र.३–०२–०१४प–३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय चालक प्रकाश बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी सोही स्कुटरमा सवार काभ्रे जिल्ला खहरेपाँगु गाँउपालिका घर भई हाल काठमाडौं महाराजगंज बस्दै आएका शनिस थापा समेत घाइते भएका ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित