बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कुवेतमा ६ जना नेपालीको ज्यान गयाे, चार जनाकाे पहिचान

दैनिक नेपाल २०७६ फागुन २ गते ७:१७

काठमाडाैं, २ फागुन । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् ।

ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित