शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कपिलवस्तुमा छ वर्षीया बालिकाकाे करेन्ट लागेर मृत्यु

दैनिक नेपाल २०७६ फागुन २ गते ७:०१

कपिलवस्तु, २ फागुन । कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर २ भैसकुन्डामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

घरबाट विद्यालय जानेक्रममा विजयकुमार पासीकि ६ वर्षीया छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको हो ।

बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत थिइन् । घरबाट विद्यालय जानेक्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधीन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुँदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही स्थानीयले हुकिङ गरी नलमा चौबीसै घन्टा मोटरमा लाइन सूचारु गरिएकाले यसमा कयुमको समेत लापरबाही रहेको बताउँछन् ।

उक्त हेन्ड पम्पमा जडान रहेको मोटरबाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ । घटनापछि बालिका पढ्ने विद्यालयले एक विज्ञप्ती जारी गरि समबेदना व्यक्त गरेको छ ।

शवको तौलिहवा अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित