शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दुई लाख घुससहित सहायक वन अधिकृत र सहयोगी पक्राउ

दैनिक नेपाल २०७६ फागुन २ गते ६:५४

काठमाडाैं, २ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीका दुई कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई दुई लाख रुपियाँ घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

डिभिजन वन कार्यालय नवलपरासीको वर्दघाट सुस्ता पूर्वमा कार्यरत सहायक वन अघिकृत तथा निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोदकुमार तेली घुस रकमसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित