बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

रुपामा भलिबल, संस्कृति र नृत्यको उत्सव

दैनिक नेपाल २०७६ फागुन १ गते २१:०९

पोखरा, १ फागुन । रुपा गाउँपालिकामा खेलकुद, संस्कृति र नृत्यको उत्सव लाग्ने भएको छ । रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर अन्तर स्थानीय तह भलिबल प्रतियोगितासहितको कार्यक्रम गर्न लागेको हो ।

रुपाका गाउँहरुको प्रमुख खेललाई प्रवद्र्धन गर्दै रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका अन्तर स्थानीइ भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

फागुन २४ गतेदेखि सञ्चालन हुने गरी अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सम्बन्धित स्थानीय तहबाट राष्ट्रिय खेलाडीहरुले पनि खेल्न पाउने छन् ।

‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ नारासहित काम गर्दै आएको गाउँपालिकाले ‘युवालाई खेलकुदतर्फ आकर्षित गराैँ, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने उद्घोषका साथ खुला भलिबल प्रतियोगिता गर्न लागिएको अध्यक्ष नवरोज ओझाले जानकारी दिए ।

भीमाद गाउँपालिकाले उपाधि जितेको गएको प्रतियोगितामा १८ स्थानीय तह सभागी थिए भने यो वष कम्तिमा २५ स्थानीय तहले भाग लिने ओझाले बताए ।

प्रतियोगितामा प्रथम हुने स्थानीय तहले १ लाख २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्वित्तीय, तृत्तीय र सान्वना हुने स्थानीय तहले क्रमशः ९० हजार, ६० हजार र ३० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विभिन्न उत्कृष्ट खोलाडीहरुले पनि पुरस्कार पाउने छन् ।

स्थापना दिवसकै अवसर पारेर गाउँपालिकाले सबै वडाका जातजातीको सहभागिता हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गर्ने भएको छ । ७ वटै वडाहरुमा लोप हुन लागेका जातजातिको संस्कृति परम्परलाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यका साथ हरेक वडाबाट झाँकी प्रदर्शन हुने अध्यक्ष ओझाले जानकारी दिए ।

वडा नं. १ बाट बोटे जाति अनिवार्य सहभागी हुने गरी जम्मा ५ समूह, वडा नं.२ बाट दलित अनिवार्य सहभागी हुने गरी ४ समूह, वडा नं. ३ बाट कुमाल अनिवार्य सहभागी हुने गरी ४ समूह, वडा नं.४ बाट ठकुरी अनिवार्य सहभागी हुने गरी ४ समूह, वडा नं. ५ बाट गुरुङ र नेवार अनिवार्य सहभागी हुने गरी ५ समूह, वडा नं.६ बाट मुस्लिम अनिवार्य सहभागी हुने गरी ६ समूह र वडा नं. ७ बाट नेवार अनिवार्य सहभागी हुने ५ समूहसहित बृहत रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगिता हुने छ ।

यो वर्ष पनि गाउँपालिकाले फागुन २७ गते नयाँ पुस्ताको अनिवार्य सहभागितामा झाँकी प्रतियोगिता गर्न लागेको छ । झाँकी लिएर आउने प्रत्येक समूहले ५ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने छन् भने प्रथम हुने समूहले ४० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

त्यसै गरी दोस्रो र तेस्रो हुने झाँकीको समूहले ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष ओझाले बताए । यो वर्षदेखि पालिका भित्रका प्रतिभा पहिचान गर्ने अर्को कार्यक्रम पनि रुपाले थालनी गर्न लागेको छ । पालिकाले पहिलो पटक रुपा डान्स आइडल गर्न लागेको हो ।

आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । द्वित्तीय, तृतीय र उत्कृष्ठ गरी क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आइडलका लागि बिहीबारदेखि नै अडिसन सुरु भइसकेको छ ।

स्थापना दिवसका अवसरमा ४ दिनसम्म गाउँपालिकाको केन्द्र भीरचोकमा उत्सव चल्ने उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिइन् । कार्यक्र सम्पन्न गर्नका लागि वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङको संयोजकत्वमा खेलकुद मूल समिति र अन्य ८ उपसमिति गठन गरेर तयारी थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित