शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जनयुद्ध र जन आन्दोलन नेकपाको साझा आन्दोलन हो : प्रदेश मन्त्री जम्कट्टेल

दैनिक नेपाल २०७६ फागुन १ गते २०:५८

धादिङ, १ फागुन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जनयुद्ध जन आन्दोलन नेपाल कम्युनिष्ट पार्टि नेकपाको साझा आन्दोलन भएको बताएका छन् ।

बिहीबार धादिङमा भएको २५ औँ जनयुद्ध दिवस तथा जन आन्दोलन जनयुद्धमा भएको सहिदहरुको संझनामा आयोजित सहिद स्मृति सभामा बोल्दै मन्त्री जमकट्टेले जनयुद्ध जन आन्दोलन अव नेपाल कम्युनिष्ट पार्टि नेकपाको साझा आन्दोलन भएको बताए ।

तत्कालीन एनेकपा माओवादि तथा एमाले, दुई पार्टी एउटै मात्र नभएको भन्दै अव समाजवाद जनताको जनवाद पार्टीको कार्यक्रमको नयाँ संलेषण समेत भएको बताए ।

मन्त्री जम्कट्टेलले भने, “हामीले हरेक राजनीतिक आन्दोलन र क्रान्ति पछि धेरै चिजहरुको नयाँ सस्लेषण हुने नयाँ चिज प्राप्त गर्दछौँ । मुख्य कुरा नेपालको सन्दर्भमा हेर्दा जनयुद्ध जन आन्दोलन र संविधान सभा मार्फत नयाँ राज्य व्यवस्था प्राप्त ग¥र्यौ यो नै व्यवस्थाको सस्लेषण हो ।”

उहाँले नेकपा माओवादी र नेकपा एमाले दुई पार्टी एक भयकाले अब जनयुद्ध जन आन्दोलन साझा भयो नयाँ संश्लेषण भयको र त्यहि अनँुरुप नयाँ पार्टी बनेको बताए ।

पहिले हाम्रो मार्ग निर्देशक सिद्धान्त अलग अलग रहेको बताउँदै माक्र्सवाद नयाँ संश्लेषण भएको छ । समाजवाद हाम्रो अधिक्तम लक्ष्य जनताको जनवाद पार्टीको कार्यक्रम नयाँ संश्लेषण भएको समेत मन्त्री जम्कट्टेलले बताए ।

मन्त्री जम्कट्टेलले अहिले नेकपा पार्टि नेतृत्वको वर्तमान सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष अनुसार काम समेत गरीरहेको दावी गरे ।

जनताको आधारभूत आवश्यकताहरु प्राप्ति पछि नै देस समृद्ध हुने भन्दै शिक्षा, स्वास्थ, रोजगारी, गाँस बाँस र कपास पूरा गरेर जनता सुखी बनाउने तिर अव सरकारको ध्यान केन्द्रीत भएको समेत उनले बताए ।

२५ जनयुद्ध दिवसको अवसरमा मन्त्री जम्कट्टेलले धादिङको धुनिबेसी नगरपालिका स्थित् धार्केमा रहेको जनयुद्धका सहिद बैकुण्ठ रेग्मी र थाँक्रे गाँउपालिकाको महादेववेसिमा रहेको सहिद राजकुमार बास्कोटाको सालिकमा माल्यार्पण गर्दै सहिद परिवार भेटघट जनयुद्ध दिवस तथा जनयुद्ध तथा जन आन्दोलनका सहिदहरुको सम्झना गरेका थिए ।

कार्यक्रममाम मन्त्री जम्कट्टेलसंगै नेकपा धादिङका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित