शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०७६ फागुन १ गते २०:२२

काठमाडौँ, १ फागुन । अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । ज्ञानेश्वरस्थित सानो गौचरणमा सम्पन्न उक्त कार्यक्रमलाई दुई भागमा विभाजित गरिएको थियो । प्रथम चरणको कार्यक्रम विद्यालयका प्रधानाध्यापक टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमसिनाले दक्षिण एसियामा नेपालले खेलकुदको क्षेत्रमा चुनौती प्रस्तुत गरेको कुरा उल्लेख गर्दै विद्यालय नै खेलकुदको आधारभूमि भएको स्पष्ट पार्नु भयो शिक्षा राजनीति तथा अन्य क्षेत्रमा खेलकुद अनिवार्य भएको स्वीकार्दै नेपालमा प्रत्येक २ वा ४ वर्षमा आयोजना गरिने राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता उदाहरणीय रहेको पनि उनले दावी गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डी.बी निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्तो खेलकुदको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको कुरा व्यक्त गरे ।

कक्षा कोठाको सीमित ज्ञान भन्दा यस्तो कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकास छिटो हुने कुरा कार्यक्रमका सभापति प्रअ टेक बहादुर पौडेलले बताए ।

फुटबल, क्रिकेट, कराते, दौड, खो.खो, कपर्दी, बासकेटबल, चम्चा रेस, रस्सी तानातान जस्ता रोचक खेल प्रस्तुत गर्दै विजेता टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित