शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चौथो साई ग्लोबल टी–ट्वान्टीको फाइनलमा साई ग्लोवल कलेज र रुपन्देही लिलारामबीच हुने

दैनिक नेपाल २०७६ फागुन १ गते १९:२५

-प्रतिक पौडेल
भैरहवा, १ फागुन । साई ग्लोबल क्रिकेट क्लबको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को फाइनल खेल साई ग्लोवल कलेज र रुपन्देही लिलारामबीच हुने भएको छ ।

बिहीबार भएको सेमिफाइनल खेलमा साई ग्लोवलले लुम्विनी इन्जिनियरिङ कलेज लाई ३६ रनले र लिलारामले काशी नोवललाई ६ विकेटले पराजित गरे पछि फाइनल खेलको तय भएको हो ।

निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको साई ग्लोवलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल बनायो । उसका लागि अजय रसइलीले ४४ र म्रिनल गुरुङले ३३ रनको योगदान गरे ।

बलिङमा लुम्विनी इन्जिनियरिङका धिरज शाही, सरोज भुसाल, सब्रे आलम, सिद्धार्थ खड्का र बिजय क्षेत्रीले १/१ विकेट लिए ।

जवाफमा लुम्विनी इन्जिनियरिङले १९.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ११ रन बनायो । उसका लागि सरोज भुसालले २६ रन र धिरज शाहीले १९ रन बनाए । बलिङमा साई ग्लोवलका म्रिनल गुरुङले ३ र सामोत पौडेलले २ विकेट लिए । खेलमा साई ग्लोवलका म्रिनल गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै पहिले व्याटिङ गरेको काशी नोवलले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनको योगफल बनायो । उसका लागि सन्दिप केसीले १८, अमित यादव १७ र सेजाद आलमले १७ रनको योगदान गरे । बलिङमा लिलारामका सन्तोष यादवले ३ विकेट लिए ।

जवाफमा लिलारामले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनायो । उसका लागि दुर्गेश गुप्ताले ४४ रनको योगदान गरे । बलिङमा काशी नोवलका शंकर रानाले २ र सन्देश जिसीले १ विकेट लिए । खेलमा लिलारामका दुर्गेश गुप्ता म्यान अफ द म्याच घोषित भए ।

फाइनल खेल फागुन ५ गते साई ग्लोवल कलेज र लिलारामबीच हुनेछ ।

साई ग्लोबल एकेडेमीको प्रायोजन तथा एमएम युनिभर्सिटी हरियाणा (भारत), इमपेरियल बिजनेश कलेज तथा एजुकेशन पाटी डट कमको सह–प्रायोजनमा सञ्चालित प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार तथा ट्रफी, द्वितीय पुरस्कार ३० हजार तथा ट्रफी, म्यान अफ द सिरिजलाई रु. ५ हजार १, बेष्ट बलरलाई २ हजार ५ सय, बेष्ट ब्याटस्म्यानलाई २ हजार ५ सय १, बेष्ट फिल्डरलाई १ हजार ५ सय १ र म्यान अफ म्याचलाई १ हजार १ प्रदान गरिने ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटस्म्यान, बेष्ट फिल्डर र म्यान अफ द म्याचको पुरस्कारको प्रायोजन जगत मोटर्स प्रा.लि. भैरहवाले गरेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित