शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सातौँ धादिङ महोत्सवको सम्पुर्ण तयारी पुरा, प्रचण्डद्धारा उद्घाटन हुने

दैनिक नेपाल २०७६ फागुन १ गते १६:११

धादिङ, १ फागुन । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा फागुन २ गते देखि १३ गतेसम्म हुन लागेको सातौँ धादिङ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

सव्य र भव्य रुपमा जिल्लाको पहिचान झल्कने गरि जिल्ला सदरमुकाम धादिङबेसी स्थित खुल्ला मंचमा हुने सातौँ धादिङ महोत्सवको सम्पुर्ण तयारी सकिएको मेला आयोजक धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताए ।

निलकण्ठ नगरपालिकाको संरक्षक, नेपाल उद्योग वाणिज्य महासंघको प्रवर्द्धक तथा धादिङ उद्योग वाणिज्य संघको आयोजनामा मेला संचालन गर्न लागिएको हो । महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने संघका अध्यक्ष खत्रिले बताए ।

महोत्सवमा महोत्सवमा प्रर्दशनी मार्फत् सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने उद्द्श्य रहेको छ ।

त्यस्तै, घरेलु उद्योग र कृषि व्यवसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरुको विकास र विस्तरमा टेवा पुर्याउने, स्थानीय बजारको विकास विस्तार एवं विशिष्टिकरण तर्फ उन्मुख गराउने, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने पनि महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

कृषि पेशालाई व्यवसायिक रुपमा विकास गराउन सहयोग गर्ने, आनधुनिक एवं नया प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, लोप हुन लागेका स्थानीय कला, साहित्य तथा लोक संस्कृतीको जगेर्ना गर्ने, विभिन्न जातजाती बीच साँस्कृतीक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धी गर्ने र लगानीका अवसरहरु सिर्जना गरिने मेला आयोजकले बताएको छ ।

महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार एवम् प्रवद्र्धनको लागि प्याराग्लाइडिङ तथा विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको समेत बताएको छ ।

अघिल्ला महोत्सवहरु जस्तै यस पटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष खत्रिले बताए ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ निर्माण जस्ता विषयमा संघले यस अघिका वर्षहरुमा जस्तै निरन्तर काम गरिरहेको संघले समेत जानकारी दिएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा जिल्लामै पहिलो पटक जिप लाईन, कृषि प्रदशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेको आयोजकले बताएको छ ।

महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार एवम् प्रवद्र्धनको लागि भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी पनि महोत्सवबाट गराउँदै आएकोले यस सातौँ धादिङ महोत्सवले धेरै ठूलो योगदान गर्ने अपेक्षा लिएको छ ।

सुरुका वर्षहरुमा आर्थिक रुपमा घाटा रहेको महोत्सवहरु निरन्तरताको सिकाईबाट अघिल्लो वर्ष केही मुनाफा गर्न समेत सफल भएको थियो ।

आगामी महोत्सवमा गतवर्ष देखिएको नाफाकै प्रतिशतको आधारमा वृद्धि गरिने अपेक्षा छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ ।

महोत्सवमा १ सय १५ वटा स्टलहरु रहने छ ।

महोत्सवमा पर्यटन वर्ष २०२० लाई सफल बनाउनको लागि जिल्ला भित्र संचालित् दुईवटा होमस्टे मार्फत विभिन्न परिकारको खाना र वसाईको व्यवस्था समेत व्यवस्था रहेको छ ।

साथै त्यहाँको कला सँस्कृती पनि उजागर गर्ने हिसावले पनि यो भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि पनि यस्ता वस्तुहरुलाई राखेर समेत प्रचार–प्रसार गरीने आयोजकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित