शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सीजीलाई सरकारका प्रवक्ताको जवाफ– प्रक्रिया पूरा गर्नुस्, पूर्वाग्रह हुँदैन

दैनिक नेपाल २०७६ फागुन १ गते १६:०४

काठमाडौं, १ फागुन । सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिनका लागि प्रक्रिया पूरा गरेर आउन सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जवाफ दिएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा विहीबार बास्कोटाले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने,‘सरकारले जनताको सूचनाका निम्ति लिएको अनुदानको रकमको प्रयोग, गरिएका पूर्वसर्त पूरा गरेर सबै प्रक्रियामा सामेल भए पूर्वाग्रह हुँदैन ।’

प्रक्रियातग रूपमा राज्यलाई कति रकम बुझाउनुपर्ने हो त्यसअनुसार नै ढोकाबाटै काम पूरा गर्न सुझाव दिएका बास्कोटाले भने,‘झ्यालबाट छिरेर काम गर्छु भन्ने कुरा हुँदैन, नीजि कम्पनीले नाफामात्र होइन, जनताप्रतिको उत्तरदायित्वको जिम्मेवारिता पनि लिनुपर्छ ।’

केही दिनअघि सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पत्रकार सम्मेलन गरी सरकारी कामका सबै प्रक्रिया पूरा भएको र २० अर्ब रुपैंया तत्कालै तिर्नुपर्ने रकम नभएको बताएका थिए । उनले सरकार सस्तो टेलिकम्युनिकेशन सेवा दिने सीजीको योजनामा सरकार बाधक बनेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित