बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रशासनमा हाजिर भएकै दिन दुर्गा प्रसाईलाई धरौटीमा छाडियो

दैनिक नेपाल २०७६ फागुन १ गते १५:१९

काठमाडौं, १ फागुन । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मानाहानीको मुद्दा लगाएका प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई विहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर हुनासाथ धरौटीमा छाडिएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हाजिर हुनासाथ प्रसाईलाई विहीबार धरौटीमा छाडेकी हुन् ।

मेडिकल कलेजको सम्बन्ध दिनका लागि गिरीले २० करोड घुस मागेको भन्ने झूठा बयान दिएको भन्दै प्रसाईलाई मानाहानीको मुद्दा थियो । यस्तै, प्रशासन कार्यालयमा प्रसाईविरुद्ध गुन्डा लगाएको भन्ने गिरीको निवेदन परेको थियो ।

आफूसँग घुस मागेको र सो विषयमा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको प्रसाईले दाबी गरेका थिए । तर, गिरीको निवेदन पर्नासाथ प्रसाई फरार भएको विवरण बाहिर आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित