शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विकासमा खर्च गर्न नसक्ने मन्त्री बनिन् बिना मगर, खानेपानी मन्त्रालय ‘उत्कृष्ट खराब’को तेस्रो नम्बरमा

दैनिक नेपाल २०७६ फागुन १ गते १५:०९

 

फाइल तस्वीर

काठमाडौं, १ फागुन । खानेपानी मन्त्रालयले आर्थिक बर्षको ६ महिनामा विकास खर्च गर्न नसकेको तथ्यांक प्रस्तुत भएको छ । उत्कृष्ट खराब तीन मध्ये तेस्रो नम्बरमा छ नेकपा नेत्री बिना मगर नेतृत्वको खानेपानी मन्त्रालय ।

तीन मध्ये बजेटको आकार उनको मन्त्रालयमा धेरै छ । तुलनात्मक हिसाबमा तीनमा पनि यो ‘पर्फमेन्स’ अति कम हो । ६ महिनामा कुनै पनि मन्त्रालयले ५० प्रतिशत विकास खर्च गर्न सकेका छैनन् ।

‘खानेपानी मन्त्रालयका लागि त दुखद रिपोर्ट हो, बाहिर ठूला कुरा गर्ने र प्रचारमुखी मन्त्री बन्दा विकासका काममा रकम खर्च हुन सकेन’, मन्त्रालय स्रोतले भन्यो,‘देश दौडाहा र उद्घाटनका काम भन्दा पनि विकासका काममा दौडेको भए यो गति हुने थिएन ।’

६ महिनामा कम्तिमा ४० प्रतिशत विकास खर्च गर्न सके पनि उपलव्धी हुने थियो । तर मन्त्री मगर नेतृत्वको मन्त्रालयले १० दशमलव ३ प्रतिशत मात्र रकम विकासमा खर्च गरेको छ । बाँकी कर्मचारीको तलब भत्ता र आन्तरिक खर्चमा छन् ।

अर्थ मन्त्रालयले एक बर्षका लागि खानेपानी मन्त्रालयलाई २५ अर्ब ३९ करोड ८५ लाख विनियोजन गरेको थियो । यसमा २ अर्ब ६२ करोड १३ लाख रुपैंयामात्र खर्च भएको छ ।

मन्त्री मगरको भन्दा खराब प्रस्तुती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम खर्च गरेको थियो । उसले झन्डै ९ प्रतिशत रकम मात्र ६ महिनामा खर्च गरेको विवरण पेसेको छ ।

यसबाहेक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तुती कमजोर छ । ६ अर्बको बजेट रहेको यो मन्त्रालयले ६ महिनामा ४ प्रतिशत रकम खर्च गरेको छ ।

‘खानेपानी मन्त्रालयबाहेकका अन्यले विकास खर्च त्यति गर्नु पर्दैन । यसकारण प्रस्तुतीकरण कमजोर हुनुमा कुनै आश्चर्य होइन । तर, सम्झौताअनुसार राम्रो खर्च गर्नुपर्ने हुन्छ’, उच्च स्रोतले भन्यो ।

विकासमा धेरै खर्च होस्, राम्रो परिणाम देखियोस् भनेर नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मन्त्रालयका मन्त्रीसँग कामको करार सम्झौता गरेका थिए । ६ महिनामा तीन मन्त्रीको काम खासै उपलव्धीमूलक देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित