बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड गर्छन् तरङ्ग ल्याउने खुलासा माथि खुलासा

दैनिक नेपाल २०७६ फागुन १ गते १४:०५

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा नयाँ नयाँ खुलासा गर्दै आएका छन् ।

विहीबार उनले जनयुद्ध दिवसको औपचारिक कार्यक्रममा क्रममा नयाँ खुलासा गरे– तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव ।

त्यसो त प्रचण्डले केही दिन अघि मात्र आफूले गोपनियता राख्न नसक्ने, राख्न खोजे पनि अनुहार या हाउभाउमा प्रस्टै देखिने बताएका थिए । तर जनयुद्ध दिवसको २५ औं बर्षगाँठका सन्दर्भमा कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव नयाँ खुलासाका रुपमा अभिव्यक्त गरे ।

त्यसको परिणाममा सात दल र तत्कालिन माओवादीबीच गणतान्त्रिक आन्दोलनका लागि १२ बुँदे समझदारी बनेको पनि उनले जोडेका थिए ।

विद्रोह, शान्ति प्रक्रिया सही समयमा गरेको उनको आँकलन छ । त्यसो नगरेको भए श्रीलंकाको लिट्टे अथवा पेरुका विद्रोहीको जस्तै माओवादीको हालत हुनसक्ने अनुमानित परिणाम पनि उनले अगाडि सारे ।

नेकपा मुख्यालय धुम्बाराहीमा भएको श्रद्धाञ्जली सभाको प्रमुख आतिथ्यता गरेका उनले अहिले ०५२ सालको जस्तो विद्रोह गरेर नहुने पनि बताए । उनले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहलाई लक्षित गरी त्यस्तो अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित