शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

धुम्बाराहीमा ‘प्रचण्ड’ लय

दैनिक नेपाल २०७६ फागुन १ गते ११:३०

काठमाडौं, १ फागुन । तत्कालिन माओवादीले जनयुद्धको घोषणा गरेको मितिकै दिन विहीबार नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लय देखिएको छ ।

जनयुद्धको व्याख्या गरेका प्रचण्ड मुख्य अतिथि रहेको कार्यक्रमको नाम श्रद्धाञ्जली सभा राखिएको थियो । प्रचण्डले सम्बोधन गरेको कार्यक्रममा नेता र कार्यकर्ताले गडड् तालि बजाएर त्यो लयलाई अनुमोदन गरेका थिए ।

उनले घाइते र वेपत्ता परिवारलाई सम्बोधन गर्दै अझै पनि जनयुद्धको खत बाँकी रहेको र त्यसलाई पुर्नका निम्ति केही कमजोरी रहेको स्वीकार गरे ।

जनक्रान्तिलाई थाँती राखेर अहिलेको अवस्थामा नआएको भन्दै विश्व राजनीतिको परिवेशलाई हेरेर सहमति, सहकार्य र सम्झौता गरी समस्याको समाधानका निम्ति आएको प्रचण्डको भनाई थियो ।

२०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’ मनाउने गरेको थियो ।

सभामा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, पम्फा भुसाललगायत नेता सहभागी भए ।

मदन भण्डारी, जीवराज आश्रितसहित तत्कालीन माओवादी युद्धमा सहादत प्राप्त गरेका सुरेश वाग्ले, रितबहादुर खड्कालगायतलाई माल्यार्पण गरिएको थियो ।

सो क्रममा जनयुद्धमा योगदान गर्ने हरेक योद्धाको भूमिका विशिष्ट रहेको प्रचण्डले बताए । घाइते, अपांगको योद्धाको भ्रातृ संगठनका हिसाबमा नै पार्टीले निर्णय गरेर अघि बढ्ने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित