बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डको ठूलो स्वीकारोक्ति : भेनेजुएला प्रकरणमा निकालिएको विज्ञप्तिका शव्दमा त्रुटी भयो

दैनिक नेपाल २०७६ फागुन १ गते १०:५०

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकाले गरेको राजनीतिक हस्तक्षेपका बेला निकालिएको पार्टीको विज्ञप्तिमा कुटनीतिक शव्द चयनमा कमजोरी भएको स्वीकार गरेका छन् ।

एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले राजनीतिक हिसाबले विज्ञप्ति निकालिएका कारण कुटनीतिक शव्द अलिक प्रयोग गर्न त्रुटी भएको भन्ने विषयमा कुराकानी भएको खुलासा गरे ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग खुमलटारमा भएको भेटका क्रममा पनि उक्त विषयमा कुराकानी भएको खुलासा गरेका प्रचण्डले भने,‘जुन विज्ञप्ति गइसक्यो, त्यो फिर्ता हुन सक्तैन भनें । तर, त्यसमा कुटनीतिक शव्दहरूको प्रयोगमा कमजोरी भयो भन्नेचाहिँ लागेकै हो ।’

प्रचण्डले भेनेजुएला प्रकरणमा त्यहाँका राष्ट्रपति निकोलस मडुरोको पक्षमा निकालेको विज्ञप्तिमा अमेरिकालाई ‘साम्राज्यवादी’ भन्ने उल्लेख थियो । सोही शव्दको प्रयोगमा कमजोरी भएको प्रचण्डको बुझाई छ ।

उनले अमेरिकासँग सहकार्य र समझदारी गर्न नहुने अर्थमा त्यो विज्ञप्ति ननिस्किएको बताउँदै तत्कालिन विश्वराजनीतिमा चर्चाको विषय रहेका कारण नेकपाले विज्ञप्ति जारी गरेको जानकारी दिएका छन् ।

उनले भेनेजुएलाका जनताले गर्ने निर्णयमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन भन्ने अर्थमा विज्ञप्ति आएको उल्लेख गर्दै भने,‘अन्ततः भेनेजुएलामा जुन हिसाबले राजनीतिक परिवेश गएको छ, केही शव्द छाडेर मैले भनेकै दिशातिर त्यहाँको राजनीतिक अवस्था देखिएको छ।’

प्रतिक्रिया
सम्बन्धित