शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सवारी दुर्घटनामा नायिका सिलवालकाे मृत्यु

दैनिक नेपाल २०७६ फागुन १ गते ९:३२

काठमाडौं, १ फागुन । नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बुधबार करीब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी शर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरू काठमाडौंबाट चितवन घर जाँदै थिए ।

महिमाको घटनास्थलमा मृत्यु भएको थियो । शर्मिलाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित