शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नयाँ आईजीपी आएकै दिन काठमाडौंमा ‘डन’ पक्राउ

दैनिक नेपाल २०७६ फागुन १ गते ९:२३

काठमाडौं, १ फागुन । काठमाडौंमा गैह्रकानूनी गतिविधि गर्दै आएका गुण्डा नाइके मिलन लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत महाराजगञ्जको प्रहरीले बुधबार काठमाडौंको चक्रपथबाट लामालाई पक्राउ गरेको हो ।

काठमाडौं टोखा, सामाखुसी र नुवाकोट जिल्लालाई आधार बनाई गुण्डागर्दी गर्ने लामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

काठमाडौंको टोखा–चण्डेश्वरी बस्ने ३७ वर्षीय लामामाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

लामा पहिलेनै हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा प्रहरी बृत बालाजु र २०७० सालमा ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरी बृत महाराजगञ्जले मुद्दा चलाई सजाय पाइससकेका अभियुक्त हुन् ।

नेपाल प्रहरीमा नयाँ आईजीपी आएकी दिन प्रहरीले डन अर्थात गुण्डा नाइके लामालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित