बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोपा इटालियाको सेमिफाइनलमा नापोलीकाे जित

दैनिक नेपाल २०७६ फागुन १ गते ९:०६

लण्डन, १ फागुन । नापोलीले इटालियन कोपा इटालियाको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा जित निकालेको छ । अवे मैदानमा बुधबार राति भएको खेलमा नापोलीले इन्टर मिलानलाई १–० ले पराजित गरेको हो ।

नापाेलीको जितमा फाबियन रुइजले ५७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हाल सिरी ए फुटबलको शीर्ष स्थानमा रहेको इन्टर मिलानले यो सिजन घरेलु मैदानमा दोस्रो हार बेहोरेको हो ।

दोस्रो लेग आउँदो मार्च ५ मा नापोलीको मैदानमा हुनेछ । बिहीबार अर्को सेमिफाइनलको पहिलो लेगमा एसी मिलानले युभेन्टसको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित