शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सारा र कार्तिकको गोप्य दृष्य काटियो

दैनिक नेपाल २०७६ फागुन १ गते ८:०८

मुम्बई । बलिउड फिल्म ‘लभ आजकल’ रिलिजको तयारीमा छ । फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । फिल्मले राम्रो हाइप बनाउनुको कारण मुख्य दुई कलाकारहरू हुन् ।

फिल्ममा पछिल्लो समय आफ्नो बलियो उपस्थिती बनाएका नायक कार्तिक आर्यन र सारा अलि खान फिचर छन् । उनीहरूको जोडीलाई पर्दामा हेर्न दर्शक आत्तुर छन् ।

फिल्ममा सारा र कार्तिकको केही इन्टिमेट दृष्यहरू समावेश गरिएको थियो । ती दृष्यहरूमा सेन्सर बोर्डले कैची चलाएको छ । चलचित्रमा समावेश गरिएको सारा र कार्तिकको ‘लिप किस’ र ‘बेड सिन’ भद्दा भएको भन्दै सेन्सरले कैची चलाएको हो ।

फिल्ममा बोलिएका संवादहरूमा पनि सेन्सरले म्युट गर्न आदेश दिएको छ । त्यहाँ बोलिएका संवादहरू दर्शकलाई पाच्य नहुने भन्दै केही संवादहरूमा म्युट गर्न लगाइएको हो ।

२००९ मा रिलिज भएको फिल्म ‘लभ आजकल’को रिमेक फिल्मको रुपमा यस फिल्मलाई तयार पारिएको छ । पूरानो लभ आजकलमा सैफअलि खान, दीपिका पादुकोण र ऋषि कपुर मुख्य भूमिकामा प्रस्तुत भएका थिए ।

रिमेक फिल्ममा भने कार्तिक र सारासँगै रवि हुड र आरुसी शर्माको पनि मुख्य भूमिका रहेको छ । इम्तियज अलिको निर्देशनमा बनेको फिल्मलाई दिनेश भिजनले निर्माण गरेका छन् । फिल्म भ्यालेनटाइन्स डेको दिन रिलिज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित