बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लुटेरा समूहले चलाएको गोली लागेर युवकको मृत्यु

दैनिक नेपाल २०७६ फागुन १ गते ६:५०

राजविराज, १ फागुन । लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीको बोदे बरसाईन नगरपालिका-५ जाँजरका एक युवकको मृत्यु भएको छ ।

बुधबार भारतको झंझारपुरबाट समान खरिद गरेर घर फर्किने क्रममा २२ वर्षीय डम्बर यादवमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार रहेका लुटेरा समुहले पछाडिबाट गाडी रोक्न भन्दा नरोकेपछि चालक यादवमाथि गोली प्रहार गरि फरार भएको बताइएको छ ।

यादवसँगै स्कोरपियोमा सवार बोदे बरसाईन नगरपालिका-८ काचनका सुरेन्द्र यादव र सोही ठाउँका अनिलकुमार यादव सकुशल रहेको स्थानीय उमेश साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित