शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सल्यानमा सेनाकाे गाडी दुर्घटना, एकजनाकाे मृत्यु

दैनिक नेपाल २०७६ फागुन १ गते ६:४७

घाेराही, १ फागुन । सल्यान जिल्लामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइतेको उद्धार गरिएको छ ।

बुधबार सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको हो।

गाडीमा सवार ७ जनामध्ये सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको छ । घाइते हुनेहरूमा सेनाका मेजर इश्वर सिलवाल, विपिन श्रेष्ठ, मोहन थापा, जयप्रसाद बोहरा, विशाल गुरुङ, रोशन हित रहेका छन् ।

गाडी करीब ५ सय मिटर तल खसेको थियो । घाइतेहरूलाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

गाडीमा अन्य हतियार नभएको र व्यक्तिगत सबै हतियार भेटिएको सेनाले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित