शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लड्डु खाँदै गृहमन्त्री थापाले आईजी ज्ञवालीलाई सम्झाए कार्यावधि

दैनिक नेपाल २०७६ माघ २९ गते १७:२८

काठमाडौं, २९ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी महानिरिक्षक (आईजी) ठाकुर ज्ञवालीलाई कार्यकालको अवधि स्मरण गराएका छन् ।

बुधबार दिउँसो थापासँग भेट्न गृह मन्त्रालय सिंहदरबार पुगेका आईजी ज्ञवालीले सहकर्मीलाई साथैमा लिएर जाने सुझाव पनि पाएका छन् ।

आइजी ज्ञवालीले नियुक्त भएको खुसीयालीमा लगेको लड्डु खाँदै गृहमन्त्री थापाले भने,‘तपाईको समय ५ महिना मात्र छ । काम गर्न सके यो अवधि ५ बर्षको भन्दा पनि उपलव्धीमुलक हुनेछ ।’

गृहमन्त्रीका रूपमा आफ्नो सबै सहयोग रहने बताएका थापाले आईजी खनाललाई निर्भिकताका साथ काम गरी अघि बढ्नका लागि निर्देशन दिएका थिए । धेरै काम गर्न बाँकी रहेका कारण थाँती रहेका कामलाई पूरा गर्न थापाले ज्ञवालीलाई निर्देशन दिए ।

मन्त्रिपरिषद्को बैठकले मंगलबार आईजीमा नियुक्त गरेका ज्ञवालीले बुधबार विहान गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिन्ह ग्रहण गरेका थिए । बुधबार नै उनी प्रहरी प्रधान कार्यालयमा पदस्थापनमा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित