बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ललितानिवास प्रकरणमा परेका न्यायाधीशको रिट– अख्तियारसँग कारबाही गर्ने अधिकार छैन

दैनिक नेपाल २०७६ माघ २९ गते १७:१५

काठमाडौं, २९ माघ । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएका एक जना न्यायाधीशले सर्वोच्च अदालतमा कारबाही रोकको माग गर्दै बुधबार रिट दायर गरेका छन् ।

चितवन जिल्ला न्यायाधीश विनोदकुमार गौतमले वारेश मञ्जिल खनालमार्फत अख्तियारलाई कारबाही गर्ने अधिकार नरहेको र निलम्बन गर्न नसक्ने रिटमा दाबी गरिएको छ । उनले न्यायाधीशमा रहर काम गर्न दिनका लागि अन्तरिम आदेशको माग पनि गरेका छन् ।

‘न्यायाधीशलाई कारबाही गर्ने निकाय न्यायपरिषदमात्र हो, अख्तियारलाई न्यायाधीशमाथि कारबाही गर्ने अधिकार छैन’, रिटमा दाबी गरिएको छ । अख्तियारका अनुसन्धान अधिकृतलाई न्यायधीमाथि छानबिन गर्ने अधिकार नभएको दाबी गर्दै गलत मनसायले त्यसो गरिएको रिटमा दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित