शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘कोरोना भाइरसको शंका’ भएको सिन्धुपाल्चोक हिँड्यो स्वास्थ्य मन्त्रालयको टोली

दैनिक नेपाल २०७६ माघ २९ गते १४:३३

काठमाडौं, २९ माघ । कोरोना भाइरसको लक्षण जस्तै देखिएको र गाउँमा ९० भन्दा बढी मानिस विरामी परेको पत्र पाएपछि स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोकको जुगल गाउँपालिका हिँडेको छ ।

चिकित्सकसहितको टोलीले उक्त गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालालगायतका विरामीमा कोरोना छ वा छैन भन्ने जाँच गर्नेछ । बुधबार साँझसम्ममा स्वास्थ्यको टोली विरामी भएको स्थानमा पुग्नेछ ।

सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी भएको ठाउँमा पुग्नेछ ।

गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै कोरोना भाइरसको संक्रमणको जस्तै लक्षण देखिएको र ९० भन्दा बढी विरामी रहेको भनी उपचार र परिक्षणका लागि सहयोग गर्न भन्दै पत्र लेखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित